बागलुङ क्षेत्र नं २ अन्तर्गत गलकोटस्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएको मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ।
निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीका अनुसार, मतदान अधिकृतको गतिविधि र अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक असर पार्न सक्ने देखिएकोले यस्तो निर्णय गरिएको हो।
गैरेलाई आफ्नो जिम्मेवारीमा रहेका मतपत्र र मतदान सामग्री तुरुन्त सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयसँग सम्पर्क गर्न निर्देशन दिइएको छ।
यो निर्णय निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायहरूलाई जानकारी गराइएको छ।




