Friday, May 29, 2026
Google search engine
Homeराजनीतिबागलुङ : कारागारका कैदीबन्दीका लागि मतदान सुविधा

बागलुङ : कारागारका कैदीबन्दीका लागि मतदान सुविधा

बागलुङ कारागारमा मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीलाई कारागारमै भोट हाल्ने व्यवस्था मिलाइएको छ। साथै, कैदीबन्दी र कर्मचारीका लागि बागलुङमा दुई नयाँ अस्थायी मतदान स्थल थप गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, जिल्लामा कुल १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन्। अस्थायी मतदान स्थल स्थापना गरेर कर्मचारी, रोजगारीका कारण बागलुङमा बस्ने मतदाताहरू र कार्यव्यस्तताका कारण मतदान केन्द्रमा पुग्न नसक्ने मतदाताले पनि समानुपातिक मत हाल्न सक्ने व्यवस्था गरिएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङमा कुल १,९३,३८१ मतदाता कायम भएका छन्, जसमा ९४,८०६ पुरुष र ९८,५७४ महिला मतदाता छन्। जिल्लामा २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular

Recent Comments