Friday, May 29, 2026
Google search engine
Homeराजनीतिबागलुङ : सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

बागलुङ : सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

बागलुङ जिल्लाका १०७ मतदान केन्द्रमा निर्वाचन सामग्री सफलतापूर्वक पुर्‍याइएको छ। प्रमुख निर्वाचन अधिकृत सिता शर्मा अधिकारीका अनुसार, दुर्गम क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली र गोप्य कक्ष निर्माण सामग्रीसमेत ढुवानी गरिसकिएको छ।

जिल्लामा कुल १०७ मतदानस्थल र २३० मतदान केन्द्र छन्, साथै दुई अस्थायी मतदान केन्द्र पनि सञ्चालन हुने छन्। बागलुङ नगरपालिका-१ को रामरेखा र बानपा-२ को वालमन्दिर मतदान केन्द्रको सामग्री सुरक्षाको हिसाबले सुरक्षित राखिएको छ र भोलि सम्बन्धित कर्मचारीले बुझ्नेछन्।

मतदान केन्द्रहरूको सुरक्षा सुनिश्चित गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular

Recent Comments